कावासोतीमा युवामैत्री स्थानीय शासन क्षमता अभिवृद्धि तालिम

कावासोती, २२ असार । १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा सरोकारवालाहरुको सहभागितामा ३ दिने युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जागृती बाल तथा युवा […]

मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो । ‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै […]

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २२ असार । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा २६ असारमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगको आग्रहपछि बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् । छानबिन समितिलाई काम गर्नको लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफ्नो राजीनामा माग्ने आवाजलाई धन्यवाद समेत दिएका थिए ।

अर्थमन्त्री शर्माद्वारा राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । उनीमाथि बजेट घोषणाको अघिल्लो रात (जेठ १४) गते अनधिकृत व्यक्तिलाई प्रवेश […]

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको ९६ हजारमा कारोबार

काठमाडौँ, २२ असार । निरन्तर उकालो लागेको सुनको भाउ बुधबार ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ […]