सेतो दुबीको आयुर्वेदमा उपचार के छ ?

नेपालमा सेतो दुबिका बिरामीहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । छालामा हुने रंजक द्रव्य ( melanin) को कमीको कारण सेतो दुबी रोग लाग्दछ । यसलाई आयुर्वेद श्वित्र भनिन्छ भने आधुनिक भाषामा Vitiligo भनिन्छ । किलास, वारुण, दारुण, श्वित्र , बाह्य कुष्ठ आदि यो रोगका पर्यायहरु हुन् । नेपालमा जनमानसमा यो रोगलाई सेतो दुबी भनेर चिनिन्छ । शरिरको कुनै भागमा छालाको रंग सेतो हुनुलाई नै श्वित्र अर्थात् सेतो दुबी भनिन्छ ।

सेतो दुबीका कारणहरुः

नेपाली समाजमा प्रायजसो ठाउमा देवीदेवता रिसाएर वा पाप कर्मको फलको रुपमा सेतो दुबीको समस्या देखिने गर्छ भन्ने अन्धविश्वास पनि छ । तर सेतो दुबी रोग कुनै पाप कर्मको फल नभई हाम्रो दैनिक आहार तथा ब्यवहारका कारण देखा पर्दछ ।

आयुर्वेद अनुसार सेतो दुबीको प्रमुख कारणको रुपमा आहारविहारलाई नै लिइएको छ । एक अर्काका बिरोधी आहार जस्तै दूध र माछा एकसाथ खाएमा सेतो दुबी हुन सक्छ ।

त्यस्तै मह, माछा, बडहर, मुला आदिको अधिक सेवनले पनि यो रोग लाग्दछ । घाममा हिडेर तथा काम गरेर आउने बितिकै चिसो पानीले नुहाउनाले पनि यो रोग लाग्न सक्छ । खाएको खाना नपच्दै थप खाना खादा तथा ब्यायाम गर्दा पनि सेतो दुबीको समस्या देखिन्छ ।

सेतो दुबी हुदा देखिने लक्षणहरु:

सेतो दुबी शरीरको कुनै एक भागमा सेतो दाग ( white patch) को रुपमा शुरु हुन्छ र बिस्तारै शरीर भरी फैलिदै जान्छ । यो रोगमा कुनै प्रकारको दुःखाई हुदैन । गर्मीको मौसममा सेतो दुबी भएको ठाउँमा असाध्यै जलनको अनुभव हुने गर्दछ । सेतो दुबी छालाको बाहिरी तहमा देखिने रोग भएकोले यसलाई वाह्यकुष्ठ पनि भनिन्छ ।

छालाको बाहिरी तहमा वर्णक तत्व ( melanin pigment) को अभाव भएको ठाउमा सेतो दुबी देखिन्छ । यो बिस्तारै बिस्तारै फैलने प्रकृतिको हुन्छ ।

बेलैमा उपचार नगरिएमा पुरै शरीर भरी नै फैलिने पनि हुन्छ । खासगरी सेतो दुबी बाहिरी छालामा देखिने रोग भएकोले ब्यक्तिको बाह्य सौन्दर्यमा प्रभाव पार्दछ । यसले गर्दा सेतो दुबीको समस्या भएको ब्यक्तिको मनोबिज्ञानमा पनि प्रभाव पार्दछ । सेतो दुबीबाट ग्रस्त ब्यक्तीलाई आफ्नो वरिपरिका मानिसले हेर्ने दृष्टिकोण र ब्यवहारले अप्रत्यक्ष रुपमा मानसिक दबाब पनि पर्ने भएकोले दीर्घकालमा डिप्रेसन जस्ता समस्याको सिकार पनि हुन सक्ने खतरा हुन्छ ।

त्यसैले सेतो दुबी लागिसकेपछि जतिसक्दो चाँडै उपचार गर्नु नै बुद्दिमानी हुन्छ ।

सेतो दुबीको आयुर्वेदमा उपचार के छ ?

सेतो दुबी लागेको केही दिनमै उपचार लिएमा अथवा दुबीको संख्या वा आकार सानो भएकै अवस्थामा उपचार गरेमा यो रोग निको हुन्छ । नभए रोग पुरानो र विस्तारित भैसकेपछि यो रोगको पुर्ण रुपमा निवारण हुन सक्दैन । यो रोगको उपचार आयुर्वेद अनुसार शोधन र शमन दुई विधिले गरिन्छ । शोधन अर्तगत वमन  ( emesis ) , विरेचन ( purgation) गराईन्छ । त्यस्तै शमन अन्तर्गत चिकित्सकले रोगी र रोगको अवस्था अनुसार केही औषधिको निरन्तर सेवन तथा केही लेपनयोग्य वाह्य प्रयोगको सल्लाह दिन्छ । यी सबैका अतिरिक्त आयुर्वेद शास्त्रमा वर्णन गरिएको रक्तमोक्षण पनि यो रोगको अत्यन्त प्रभावकारी चिकित्सा हो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट