२०७९ असार १९ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
सेतो दुबीको आयुर्वेदमा उपचार के छ ?

नेपालमा सेतो दुबिका बिरामीहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । छालामा हुने रंजक द्रव्य ( melanin) को कमीको कारण सेतो दुबी रोग लाग्दछ । यसलाई आयुर्वेद श्वित्र भनिन्छ भने आधुनिक भाषामा Vitiligo भनिन्छ । किलास, वारुण, दारुण, श्वित्र , बाह्य कुष्ठ आदि यो रोगका पर्यायहरु हुन् । नेपालमा जनमानसमा यो रोगलाई सेतो दुबी भनेर चिनिन्छ […]
निर्दोष जीवनको `नोस्टाल्जिया´ सार्वजनिक

गैंडाकोट, १८ असार । आख्यानकार निर्दोष जीवनको उपन्यास `नोस्टाल्जिया´ विमोचन भएको छ । बरिस्ठ कवि एवम् साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले पुस्तक विमोचन गरेका हुन् । विमोचन गरिएको पुस्तकका सन्दर्भमा आख्यानकार नीलम कार्की निहारिका र सिर्जन अविरलले टिप्पणी राखे । नेपाली समाजमा व्याप्त पितृसत्ताको कालो छायालाई […]
उज्ज्वल टोलको अध्यक्षमा पुनः चालिसे, टोललाई नमुना बनाउने प्रतिबद्धता

भरतपुर, १८ असार । भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्तीमा रहेको उज्ज्वल टोल विकास संस्थाको अध्यक्षमा पुनः रामचन्द्र चालिसे चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न २२औं वार्षिक साधरणसभा तथा १०औं अधिवेसनले चालिसेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष मीनकुमार मल्ल, उपाध्यक्ष नेत्रवन्धु पोखरेल, सचिव तारा पुडासैनी, कोषाध्यक्ष मायाँ न्यौपाने, […]
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नरलाई सचिवालयमा स्वागत

भरतपुर, १८ असार । लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका लायन वर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, प्रथम महिला रचना चुके र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच सचिवालयमा स्वागत गरिएको छ । कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, पूर्व डिष्ट्रिक्ट गभर्नर […]
अमेरिकाद्वारा युक्रेनलाई ८२ करोड डलर बराबरको सैन्य सहयोग घोषणा

वासिङटन, १८ असार । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि […]
इरान भूकम्पमा पाँच जनाको मृत्यु

तेहरान, १८ असार । दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो । उक्त स्थलमा तत्काल उद्धार टोली […]
प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

काठमाडौँ, १८ असार । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको […]
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ: मन्त्री भुसाल

काठमाडौँ, १८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्। नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड […]
पूर्वी चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते

भरतपुर,१८ असार । चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

पाँचथर, १८ असार । लगातारको वर्षापछि आएको पहिरोले पाँचथरमा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका […]
लायन्स क्लव अफ चितवन सौराहाद्वारा विपन्न विद्यार्थीलाई पोसाक सहयोग

रत्ननगर, १८ असार । रत्ननगर- १२ सालघारीस्थित पन्चदीप आधारभूत विद्यालयका विपन्न समुदायका विद्यार्थीहरुलाई शुक्रबार पोसाक वितरण गरिएको छ । लायन्स क्लब अफ चितवन सौराहाले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत लायन्स वर्ष २०२२/२३ को पहिलो दिन सो विद्यालयका २५० जना विद्यार्थीहरुको लागि पोशाक वितरण गरेको हो । नेपाल लायन्स फाउण्डेशनको ५० हजार र क्लबका सदस्यहरूको […]