भरतपुर, १८ असार ।
भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्तीमा रहेको उज्ज्वल टोल विकास संस्थाको अध्यक्षमा पुनः रामचन्द्र चालिसे चयन भएका छन् ।
शनिबार भरतपुरमा सम्पन्न २२औं वार्षिक साधरणसभा तथा १०औं अधिवेसनले चालिसेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्ष मीनकुमार मल्ल, उपाध्यक्ष नेत्रवन्धु पोखरेल, सचिव तारा पुडासैनी, कोषाध्यक्ष मायाँ न्यौपाने, सहसचिव विष्णु गौतम चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दलबहादुर थापा मगर, हरि भुजेल, विष्णु काफ्ले, गीता भट्टराई, प्रेम गुरूङ, कमला अधिकारी, सविता बस्याल, शान्ति थापा, शंकर सेढाईं, लक्ष्मण जिसी, कालिका विक छन् । लेखासमिति संयोजकमा राजेन्द्रप्रसाद चालिसे, सदस्यहरुमा महेन्द्र प्रसाद खनाल, भवि थापा, सुशील रेग्मी, ध्रुव कोईराला चयन भएका छन् । नयाँ कार्यसमितिको कार्याकाल २ वर्षको रहने छ ।
अध्यक्ष चालिसेले टोललाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैले आआफ्नो क्षेत्रबाट सामाजिक सेवामा लाग्न अनुरोध गरे । उनले अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका काम आगामी दिनमा पूरा गर्ने बताए । अघिल्लो कार्यकालमा भएका विकास निर्माणका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा थप नयाँ योजना सहित अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।





