नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नरलाई सचिवालयमा स्वागत

भरतपुर, १८ असार ।
लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका लायन वर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, प्रथम महिला रचना चुके र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच सचिवालयमा स्वागत गरिएको छ ।

कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ, लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का निवर्तमान डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डित, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मालगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको सचिवालय नारायणगढको लायन्सचोकस्थित लायन्स भवनमा स्वागत गरिएको लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बालगोपाल चुकेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट