पत्रकार राजेश घिमिरेलाई राेटरी जर्नाे अवार्ड

भरतपुर, १४ असार
चितवनका पत्रकार राजेश घिमिरे रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले घिमिरेलाई यो वर्षको वातावरण पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट जनरल सन्तोष रिजाल र फर्स्ट लेडी नविनिता रिजालले पत्रकार घिमिरेलाई ३० हजार ५०० राशीकाे उक्त अर्वाड प्रदान गरे ।

हाल सेताेपाटीमा कार्यरत घिमिरेसँगै आर्थिक विधातर्फ भीम गाैतम र शिक्षा तथा साहित्य विधातर्फ बालमुकुन्द आचार्य सम्मानित भएका छन् । स्वास्थ्य विधातर्फ सृजना बराल, महिला विकासतर्फको विधामा कविता श्रेष्ठ एवं रोटरी क्लब नेपालले गरेका सामाजिक कार्यको नियमित रिर्पोटिङ गर्ने शंकर खरेललाई पनि सम्मान गरिएको छ । त्यस्तै पर्सनालिटी पावर अफ दि मिडिया सम्मान वरिष्ठ पत्रकार एवं रेडियोकर्मी कृष्णा ताम्राकारलाई दिइएको छ ।

राेटरीले ६ वटा विधामा अवार्ड दिँदै आएकाे छ । पत्रकार घिमिरे डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट