देवचुलीमा चट्याङले आगोलागी, ४ ट्रक परालमा क्षति

देवचुली, १४ असार ।
देवचुली- १३ मा चट्याङले आगो लाग्दा ४ ट्रक परालमा क्षति पुगेको छ । राती २ बजे परेको चट्याङले देवचुली १३ निवासी दाताराम काफ्लेको टौवामा रहेको करिब ४ ट्रक पराल जलेर सखाप भएको स्थानीय बालकृष्ण पौडेलले जानकारी दिए ।

देवचुली १३ मा गाईपालन गर्दै आएका काफ्लेको आगलागीबाट करिब १ लाख ५० हजारको क्षति पुगेको देवचुली १३ का वडाअध्यक्ष एकदेव पौडेलले बताए ।

बलिरहेको आगोलाई कावासोती नगरपालिकाको दमकल तथा देवचुली नगरपालिकाको जेसिबीको सहायताबाट नियन्त्रणमा लिईएको थियो । साथै देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, वडा सदस्यहरु तथा गाउँलेको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट