देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं, १३ असार  ।

देशभर मनसुनी वायुको प्रभावका कारण आज दिनभर वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति पनि प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट