घाइते तिवारीलाई आर्थिक सहयोग

भरतपुर, १३ असार । मोटरसाइकल दुर्घटनामा परेर दुवै हर नचल्ने भई भरतपुरस्थित एक रिह्याब सेन्टरमा उपचाररत कावासोतीका १८ वर्षीय अभि तिवारीको परिवारलाई नवलपुर समाज जापानले सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष विष्णु शर्मा, संस्थापक अध्यक्ष केशवप्रसाद पौडेललगायत २३ जनाबाट संकलित ८२ हजार रुपैयाँ अभि तिवारीकी आमा मीना तिवारीलाई हस्तान्तरण […]

देवचुलीमा गुडिया कुशन बनाउने तालिम सम्पन्न

देवचुली, १३ असार । देवचुलीमा १५ दिनसम्म संचालित गुडिया कुशन बनाउने तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत गुडिया कुशन तालिम प्रदान गरिएको हो । देवचुलीमा मेड्पा कार्यक्रम अन्तर्गत सहभागी महिलाहरूको मागको आधारमा गुडिया कुशन निर्माण तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि […]

गैंडाकोटको खाली जग्गामा बेसार खेती

गैंडाकोट, १३ असार । गैंडाकोट नगरपालिका- ५ बैकुण्ठ नगर टोल विकास संस्थामार्फत खोलिएको सुनौलो कृषि महिला समूहले टोलमा रहेका खाली जग्गामा बेसार खेती गरेका छन् । थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा यसरी जुटेका छन् । गत वर्ष देखिनै यसरी बेसार खेति शुरु गरेका उनीहरुले पहिलो […]

गैंडाकोटको खाली जग्गामा बेसार खेती

गैंडाकोट, १३ असार । गैंडाकोट नगरपालिका- ५ बैकुण्ठ नगर टोल विकास संस्थामार्फत खोलिएको सुनौलो कृषि महिला समूहले टोलमा रहेका खाली जग्गामा बेसार खेती गरेका छन् । थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा यसरी जुटेका छन् । गत वर्ष देखिनै यसरी बेसार खेति शुरु गरेका उनीहरुले पहिलो […]

माधव नेपालप्रति योगेशले व्यंग्य गर्दै भनेः कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

काठमाडौं, १३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई सय वर्ष बाँच्न र पदमा रहिरहन सुझाव दिएका छन्। केही दिन पहिले भट्टराईले नेपाललाई राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्न सुझाव दिएका थिए। त्यसपछि उनको एकीकृत समाजवादीका नेताहरूले विरोध गरेका थिए। सोमबार बिहानै भट्टराईले माधव नेपालसँगको […]

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं, १३ असार  । देशभर मनसुनी वायुको प्रभावका कारण आज दिनभर वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । […]

गाउँपालिकाले एमबिबिएस पढाउन २० लाख खर्च दिने

फुङ्लिङ, १३ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबिबिएस […]

नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं, १३ असार । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् । आइतबार साँझ देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ समारोह बिहान ११ बजे शीतल निवासमा हुने तयारी छ । प्रधानमन्त्री […]

चितवनमा पेस्तोलसहित एकजना पक्राउ

भरतपुर,१३ असार । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको […]