नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं, १३ असार ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् ।

आइतबार साँझ देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ समारोह बिहान ११ बजे शीतल निवासमा हुने तयारी छ ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट