काजलकली हात्तीको मृत्यु

रत्ननगर, १२ असार ।
सौराहामा बिरामी भएर ढलेको काजलकली हात्तीको आइतबार मृत्यु भएको छ । बिरामी भएर ढलेको १०औँ दिनमा काजलकलीको मृत्यु भएको हो । सौराहामा सफारी पर्यटनको विकासका लागि योगदान गरेको सो हात्तीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा प्राण गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजालले जानकारी दिए ।

कोषका पशु चिकित्सक डा. अमिर सडौलाले काजलकली हात्तीको मृत्यु भएको पुष्टि गरेका थिए । यसअघि काजलकली दुईपटकसम्म ढलेको थियो । सामान्यतया बिरामी भएर हात्ती ढल्यो भने उठ्ने सम्भावना न्यून हुन्छ । औषधि उपचार गरेर काजलकलीलाई दुईपटकसम्म उठाइएको थियो । तेस्रोपटक असार २ गते ढलेको काजलकलीले अन्ततः संसार छाडेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट