काजलकली हात्तीको मृत्यु

रत्ननगर, १२ असार । सौराहामा बिरामी भएर ढलेको काजलकली हात्तीको आइतबार मृत्यु भएको छ । बिरामी भएर ढलेको १०औँ दिनमा काजलकलीको मृत्यु भएको हो । सौराहामा सफारी पर्यटनको विकासका लागि योगदान गरेको सो हात्तीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा प्राण गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजालले जानकारी दिए । कोषका पशु […]

शिखर स्कुलका विद्यार्थीले पाए शैक्षिक सामग्री

राप्ती, १२ असार । राप्ती नगरपालिकाको शिखर राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । हल्यान्ड निवासी रिक्की महाविरको आर्थिक सहयोग तथा ग्रिन सोसाइटी पब्लिक स्कुलको समन्वयमा राप्ती ५ मा रहेको सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । अति विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयका ७५ जना विद्यार्थीहरुलाई शैक्षिक […]

मन्त्रिपरिषद् हेरफेर, नेकपा एसका यी ५ नेता बने मन्त्री

काठमाडौं, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा […]

भरतपुर-७ का ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, १२ असार । भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडामा स्थायीरुपमा बसोबास गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ७९ वर्ष पूरा भएका वडा भित्रका जेष्ठ नागरिकहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको कार्यक्रम सयोजक मीनबहादुर गुरुङले जानकारी दिए । गुरुङले जेष्ठनागरिकहरु ज्युँदो इतिहास भएकोले वहाँहरुलाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको पनि […]

घिमिरेको ‘खोइ कसरी बिझाएँ नजरमा तिम्रो’ सार्वजनिक

भरतपुर, १२ असार । चितवनका गजलकार सुमन घिमिरे (अविरत सुमन)को सांगीतिक गजल सार्वजनिक भएको छ । घिमिरेको लेखेको ‘खै कसोरी बिझाएँ नजरमा तिम्रो…. हिजो सम्म सझिन्थेँ हर प्रहरमा तिम्रो ….’ गजललाई छोरा प्रभाषबाबु घिमिरेको जन्मदिनको अवसर पारेर असार ६ गते सार्वजनिक गरेका हुन् । छोरा प्रभाष यो गजलका प्रस्तुतकर्ता पनि हुन् । गजलमा आवाज र […]

सिर्जना स्कुलमा नमूना निर्वाचन

भरतपुर, १२ असार । भरतपुर- ९ शरदपुरस्थित सिर्जना स्कुलमा स्थानीय निर्वाचनको झल्को दिने गरी विद्यार्थीहरुले नमूना चुनावी कार्यक्रमको आयोजना गरेका छन् । नमूना निर्वाचनबाट स्कुलको हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन,भाइस क्याप्टेनको चुनावी प्रक्रिया मार्फत छनौट गर्ने कार्य सम्पन्न भएको छ । छनौट कार्यमा कक्षा दुईदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले मतदान गरेका थिए । मतदाता […]

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी

भरतपुर, १२ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् । विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी […]

आँबुखैरेनी वाङ्मय पुरस्कार चितवनका कवि खुमनारायण पौडेललाई

तनहुँ, १२ असार । आँबुखैरेनी स्रष्टा समाजले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ । समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले सानुकाजी थापा संयोजक रहेको पुरस्कार छनौट समितिको सिफारिस अनुसार साहित्यतर्फ चितवनका कवि खुमनारायण पौडेललाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’ प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेललाई ‘इन्द्रासन हास्यव्यङ्ग्य […]