आँबुखैरेनी वाङ्मय पुरस्कार चितवनका कवि खुमनारायण पौडेललाई

तनहुँ, १२ असार ।
आँबुखैरेनी स्रष्टा समाजले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ ।

समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले सानुकाजी थापा संयोजक रहेको पुरस्कार छनौट समितिको सिफारिस अनुसार साहित्यतर्फ चितवनका कवि खुमनारायण पौडेललाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’ प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेललाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार–२०७८,’ ‘हेर्ने कथा’मार्फत खोजमूलक र साहसिक पत्रकारिता गर्दै आएकी विद्या चापागाइँलाई ‘उत्कृष्ट खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल व्यवस्थापन संकायतर्फका मञ्जु थापा र शिक्षाशास्त्र संकायतर्फका सुलना गुरुङ्लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार यही भदौ २४ र २५ गते आँबुखैरेनीका एक काव्योत्सव गरी प्रदान गरिने छ ।

बैठकले आँबुखैरेनीको साहित्य, कला र संस्कृतिको उन्नयन र विकासको लागि आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि बजेट विनियोजन गरेकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट