भरतपुर, १२ असार ।
भरतपुर- ९ शरदपुरस्थित सिर्जना स्कुलमा स्थानीय निर्वाचनको झल्को दिने गरी विद्यार्थीहरुले नमूना चुनावी कार्यक्रमको आयोजना गरेका छन् ।
नमूना निर्वाचनबाट स्कुलको हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन,भाइस क्याप्टेनको चुनावी प्रक्रिया मार्फत छनौट गर्ने कार्य सम्पन्न भएको छ । छनौट कार्यमा कक्षा दुईदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले मतदान गरेका थिए ।
मतदाता परिचयपत्रसहित उपस्थित विद्यार्थीहरुले निर्वाचन अधिकृतबाट प्राप्त मतपत्रमा मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरि गोप्य मतदानद्वारा स्वस्तिक छाप लगाई मतपेटिकामा खसाएका थिए ।
निर्वाचन प्रक्रियाको लागि प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, पर्यवेक्षक, सुरक्षाकर्मी, पत्रकार , स्वयंसेवक, अधिकारकर्मी, उम्मेदवार प्रतिनिधिलगायतको व्यवस्था गरिएको थियो ।




