भरतपुर-७ का ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, १२ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडामा स्थायीरुपमा बसोबास गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

७९ वर्ष पूरा भएका वडा भित्रका जेष्ठ नागरिकहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको कार्यक्रम सयोजक मीनबहादुर गुरुङले जानकारी दिए । गुरुङले जेष्ठनागरिकहरु ज्युँदो इतिहास भएकोले वहाँहरुलाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको पनि बताए ।

वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेले जेष्ठनागरिक सम्मान कार्यक्रम निरन्तर रुपमा भइरहने कार्यक्रम अन्तर्गत नै भएको बताए । कार्यक्रममा ६५ जनालाई रामनामी, मायाको चिनो र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट