राप्ती, ८ असार ।
राप्ती नगरपालिका-७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा गोविन्दप्रसाद कँडेल चयन भएका छन् । चौथौ क्याम्पस सभाले कँडेललाई पुन: अध्यक्षमा चयन गरेको हो ।
गत असार ४ गते चौथौ क्याम्पस सभाको आयोजना गरिएको थियो । समयको अभाव र छलफल प्रक्रियाको लागि भन्दै निर्वाचन सरेको थियो । समितिको लागि पार्टीगत भागबन्डा मिलाइएको छ । सदस्यहरुमा राजेन्द्र बुर्लाकोटी, टंकप्रसाद उप्रेती, जयराम बास्कोटा, बालकृष्ण लोहनी, बुद्धिराज थपलिया, डिल्लीप्रसाद थपलिया, बिष्णुहरि कँडेल, पूर्णप्रसाद आचार्य, मार्कण्डेय गौतम, खिलप्रसाद घिमिरे र रामपुकार पाठक चयन भएका हुन् ।
यस्तै समितिले तीन जना सदस्यलाई मनोनीत गरेको छ । शान्ति उप्रेती, महेश्वर लामिछाने र खिलप्रसाद रेग्मी सदस्यमा मनोनीत भएका हुन् ।
योसँगै गोविन्दप्रसाद कँडेल क्याम्पसको स्थापनाकाल देखिनै सञ्चालक समितिमा रहेका छन् । वि.सं. २०५० सालमा क्याम्पसको स्थापना भएको थियो ।





