सेञ्चुरी बैंक र सिएमटी रिसोर्ट बीच छुट सम्झौता

भरतपुर, ८ असार ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा (लायन्स चोक) र भरतपुर महानगरपालिका वडा नं १०, हाकिम चोकमा रहेको सि.एम.टी रिसोर्ट (चितवन मिट टाउन रिसोर्ट)बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा होटेलको खानामा १०, पेयपदार्थमा १० र कोठा शुल्कमा २०% छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकको नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र रिसोर्टका प्रबन्ध सञ्चालक मदन घिमिरेले हस्ताक्षर गरे ।

सेञ्चुरी बैंकले चितवन जिल्लामा ६ वटा शाखा नारायणगढ लायन्स चोक, बेल चोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानीबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैकको कुल शाखा १४४ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट