काठमाडौँका प्रमुख शाहको चुनावी खर्च सार्वजनिक

काठमाडौँ, ६ असार ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । महानगर प्रमुख शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार र सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ । निर्वाचनका लागि २० दिनसम्म एउटा जीप तथा दुई दिनका लागि ४ वटा मिनि ट्रक मात्रै प्रयोग भएको विवरणमा बताइएको छ ।

त्यस्तै, प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

सामाजिक सञ्जाल तथा निर्वाचनको दिन प्रतिनिधि परिचालन गर्ने कार्यमा भने खर्च नभएको विवरणमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट