काठमाडौँका प्रमुख शाहको चुनावी खर्च सार्वजनिक

काठमाडौँ, ६ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । महानगर प्रमुख शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ । निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार र […]
सानिमा लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

भरतपुर, ६ असार । लामो समयदेखि बीमा क्षेत्रमा आक्रामक हिसाबले व्यवसायिक सफलता हासिल गर्दै आएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी हाकिमचोक शाखाको आयोजनामा वृहत अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ताका रुपमा कम्पनीका प्रमुख प्रबन्धक गणेश चौलागाई थिए । उनको उपस्थितिमा कम्पनीको विशेष योजना, अभिकर्ता प्रोत्साहन र बीमितको सुरक्षालगायतका विभिन्न विषयमा […]
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडौँ, ६ असार । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त […]
सार्वजनिक सवारीसाधनको भाडा ७.७ प्रतिशतसम्मले बढ्यो

भरतपुर, ६ असार । इन्धनको मूल्य आकाशिएसँगै सार्वजनिक यातायातका सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ […]
भरतपुर र पोखरा महानगरपालिका प्रमुखबीच भेटवार्ता

भरतपुर, ६ असार । चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि […]
प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ: गृहमन्त्री खाण

काठमाडौँ, ६ असार । गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा […]
संसदमा मूल्यवृद्धिको जवाफ माग

काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विभिन्न क्षेत्रमा भएका मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् […]
२०७९ असार ६ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
राप्रपा रत्ननगरको प्रवक्तामा सन्तोष

रत्ननगर, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगरको प्रवक्तामा सन्तोष लामा मनोनीत भएका छन् । पार्टीको नगर कमिटीले आइतबार लामालाई पार्टीको नगर प्रवक्तामा मनोनीत गरेको हो । लामा केही समयअघि मात्रै एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन् । यस्तै, आइतबारकै नगर कमिटीको बैठकले राप्रपाको युवासंघ रत्ननगरको अध्यक्षमा सुर्जन ब्लोनलाई मनोनीत गरेको छ । बैठक […]