भरतपुर, ६ असार ।
इन्धनको मूल्य आकाशिएसँगै सार्वजनिक यातायातका सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।
गए राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोलको प्रतिलिटर मूल्य १९९ पुगेको छ भने डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशतले बढेकाले सोहीअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
कायम भएको नयाँ भाडादरको सूची :





