भरतपुर र पोखरा महानगरपालिका प्रमुखबीच भेटवार्ता

भरतपुर, ६ असार ।

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ ।

भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरे। मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताए ।

भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ ।
पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो ।

पोखरा महानगरपालिकाले राखेको जिज्ञासामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत, विभिन्न शाखा तथा उपशाखाका कर्मचारीले अनुभवहरु सहजीकरण गरेका थिए ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट