राप्रपा रत्ननगरको प्रवक्तामा सन्तोष

रत्ननगर, ६ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगरको प्रवक्तामा सन्तोष लामा मनोनीत भएका छन् ।

पार्टीको नगर कमिटीले आइतबार लामालाई पार्टीको नगर प्रवक्तामा मनोनीत गरेको हो । लामा केही समयअघि मात्रै एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन् ।

यस्तै, आइतबारकै नगर कमिटीको बैठकले राप्रपाको युवासंघ रत्ननगरको अध्यक्षमा सुर्जन ब्लोनलाई मनोनीत गरेको छ । बैठक राप्रपा रत्ननगरका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट