सानिमा लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

भरतपुर, ६ असार ।
लामो समयदेखि बीमा क्षेत्रमा आक्रामक हिसाबले व्यवसायिक सफलता हासिल गर्दै आएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी हाकिमचोक शाखाको आयोजनामा वृहत अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा कम्पनीका प्रमुख प्रबन्धक गणेश चौलागाई थिए । उनको उपस्थितिमा कम्पनीको विशेष योजना, अभिकर्ता प्रोत्साहन र बीमितको सुरक्षालगायतका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । साथै उनले कम्पनीको योजना तथा कार्यक्रम अरु कम्पनीहरुको भन्दा फरक र उत्कृष्ट रहेको पनि जानकारी गराए ।

कम्पनीका योजनाहरु निकै आकर्षक र बीमितको लागि अत्यन्तै लाभदायी भएको अभिकर्ताहरुको प्रतिकिृया रहेको थियो ।

कार्यक्रममा २०० जनाभन्दा बढी अभिकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको हाकिमचोक शाखाका प्रमुख निरञ्जन रेग्मीले बताए । साथै कम्पनीको अभिकर्ता भएर काम गर्न ईच्छुक साथीहरुलाई शाखा कार्यालय हाकिमचोकमा सम्पर्कगरी लाईसेन्स प्राप्त गर्न सकिने जानकारी रेग्मीले दिए ।

उक्त कार्यक्रममा उर्जाशील र अनुशासित अभिकर्ताको रुपमा हाकिमचोक शाखाका उपेन्द्र भुषाल पुरस्कृत भए भने नारायणगढ, हाकिमचोक र भन्डारा शाखाका एजेन्सी मेनेजरहरु सम्मानित भए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट