अर्थमन्त्री स्वीकार्य नरहेका भन्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ, २ असार । ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्व दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताए ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आशा गरेको तर त्यो नआएको उनको भनाइ थियो । त्यस दिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानविन समिति गठन नभएको उनको भनाइ थियो । उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको पनि आरोप लगाए । त्यसपछि बहिष्कारको जानकारी गराएका थिए, यो शीर्षकको सदनलाई बहिष्कार गर्न चाहन्छौं । यसपछिका पूर्ववत गतिविधिमा एमाले सामेल हुने कुरा जानकारी गराउन चाहन्छु ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट