२०७९ असार ३ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
अपरिचितको `पाँच रत्न एघार फूल´ सार्वजनिक

भरतपुर, २ असार । समालोचक विष्णुप्रसाद पौडेल `अपरिचित´को अनुसन्धानमूलक नयाँ पुस्तक `पाँच रत्न एघार फूल´ सार्वजनिक भएको छ । पुस्तकमा समालोचक पौडेलले चितवन जिल्लाका पाँच जना नारी स्रस्टाका एघारओटा औपन्यासिक कृतिमा केन्द्रित रही खोजपूर्ण सूक्ष्म एवम् गहन विश्लेषण गरेका छन् । चितवनका पाँच जना नारी स्रस्टाहरू शोभा राना, सरला जोशी, जलेश्वरी श्रेष्ठ, शारदा ढुङ्गाना र […]
अर्थमन्त्री स्वीकार्य नरहेका भन्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडौँ, २ असार । । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्व दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने […]
चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु, शव नियन्त्रण लिन ५ राउण्ड हवाई फायर

भरतपुर,२ असार। निउरो टिप्न जाँदा बाघको आक्रमणमा परेकी मेघौलीकी पूर्व म्यादी प्रहरी रेखा बस्नेतको शव फेला परेको छ। आज दिउँसो १२ बाघले आक्रमण गरेको स्थानमा पश्चिम तर्फ अन्दाजी ३०० मिटर भित्र उनको शव फेला परेको हो। उनलाई खोज्ने क्रममा मध्यान्न बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। नेपाली सेनाको टोलीले […]
बागमती प्रदेशले सञ्चारग्राम बनाउने

बागमती, २ असार । बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने भएकोे छ । रासससँग कुरा गर्दै आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सरकारी सञ्चार संस्थाका प्रदेशस्तरीय कार्यालयलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि कार्यक्रम हलसहितको कार्यालय उपलब्ध गराउने जानकारी […]
चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर मनिष

काठमाडौँ, २ असार । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उहाँले सिभिल इञ्जीनियर उत्तीर्ण गर्नुभएको हो । । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ । पिता तिलक चेपाङ र […]
खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

चितवन, २ असार । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप सेवा सुरु गरिएको हो […]
गायिका गिरीको “बाँकी एउटा सपना” सार्वजनिक

भरतपुर, २ असार । गायिका अपेक्षा गिरीको नयाँ गीत सार्वजनिक भएको छ । गिरीले आफ्नै युट्युब च्यानलमार्फत `बाँकी एउटा सपना पूरा गर्नुछ … गीत सार्वजनिक गरेकी हुन् । युगल गीतमा गायिका गिरीसँगै गायक टंक तिमिल्सिनाको पनि आवाज रहेको छ । रोमान्टिक गीतको भिडियोमा गिरी र तिमिल्सिना दुबैले अभिनय गरेका छन् । यस गीतमा शब्द, संगीत […]
२०७९ असार २ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)