भरतपुर,२ असार।
निउरो टिप्न जाँदा बाघको आक्रमणमा परेकी मेघौलीकी पूर्व म्यादी प्रहरी रेखा बस्नेतको शव फेला परेको छ। आज दिउँसो १२ बाघले आक्रमण गरेको स्थानमा पश्चिम तर्फ अन्दाजी ३०० मिटर भित्र उनको शव फेला परेको हो। उनलाई खोज्ने क्रममा मध्यान्न बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नेपाली सेनाको टोलीले बाघलाई धपाउन ५ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । बस्नेतको टाउको र छातिको भाग बाघले खाईसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।




