गायिका गिरीको “बाँकी एउटा सपना” सार्वजनिक

भरतपुर, २ असार ।

गायिका अपेक्षा गिरीको नयाँ गीत सार्वजनिक भएको छ । गिरीले आफ्नै युट्युब च्यानलमार्फत `बाँकी एउटा सपना पूरा गर्नुछ … गीत सार्वजनिक गरेकी हुन् ।

युगल गीतमा गायिका गिरीसँगै गायक टंक तिमिल्सिनाको पनि आवाज रहेको छ । रोमान्टिक गीतको भिडियोमा गिरी र तिमिल्सिना दुबैले अभिनय गरेका छन् । यस गीतमा शब्द, संगीत तथा एरेन्ज गायक टंक तिमिल्सिनाको रहेको छ ।

गीतमा कुमार रानामगरको मिक्सिङ, सञ्जीव बराइलीको गितार, रत्न विकको बासुरी र दिम भुवन गन्धर्वको मादल रहेको छ ।

उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई दिपेन बस्न्यातले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

चितवनकी गायिका गिरीका यसअघि `सोल्टिनी´, `हाम्रो माया गलत हो कि सहि´, `परदेशी´लगायतका गीत सार्वजनिक भएका छन् । गायनमा रुचि राख्ने गिरी मोडलिङमा पनि उत्तिकै सक्रिय छन् ।

भिडियो यहाँ हेर्नुहोस्:

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट