बुढा–पाकालाई ढोग्नु नौटङ्की – रेनु दाहाल

भरतपुर, २० वैशाख ।
पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिपकाको प्रमुख (मेयर) पदका उम्मेद्वार रेनु दाहालले भरतपुरमा प्रतिगामी तत्वहरुको नौटङ्की शुरु भएको बताएकी छिन् ।
भरतपुर महानगरपालिका- २४ मा आयोजना भएको ५ दलीय संयुक्त गठबन्धको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् । उनले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजय सुवेदीले बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेको विषयमा टिप्पणी गर्दै त्यसलाई प्रतिगामीको नौटङ्कीको आरोप लगाइन् ।

आफ्नो ३० वर्षे राजनीतिक जीवन बताउने प्रतिस्पर्धी उम्मेद्वारको क्रियाकलापको विषयमा बोल्दै उनले भनिन्, “हलो बोकेर प्रतिगमनको अगुवाई गर्नु भएका सुवेदीले आफूलाई बीपी भक्त भनेर शालिक खोजीखोजी माल्यार्पण गर्नु नौटङ्की नै हो । यस्तो नौटङ्कीले जनता भ्रममा पर्नु हुँदैन् ।” उनले ३० वर्षको राजनीतिक यात्रामा एक पटक पनि विपीको शालिक नदेखेका सुवेदीले शालिकमा माल्यार्पण गरेर मतदातालाई भ्रममा पार्न मात्र खोजेको आरोप लगाइन् ।
उनले गठबन्धन शान्ति, संविधान, सहमति र एकताको पक्षधर भएको उनको दाबी थियो ।

पछिल्लो समय भरतपुरमा विभिन्न नाटक गरेर नेकपा एमालेबाट भ्रममात्र छर्ने काम भइरहेको आरोप दाहालको थियो ।
प्रत्यासीले ठाउँठाउँमा लम्पसार परेर ढोगेको विषयमा उनले आश्चर्य प्रकट गर्दै भनिन्, ‘‘ठाउँ ठाँउमा बुढा–पाकालाई गएर ढोग्नुलाई नौटङ्की प्रर्दशन नभनेर के भन्ने ? यो नौटङ्की होइन भनेर उहाँ आफैले भन्न सक्ने अवस्था छैन् । अझ राजावादीको हलो बोकेर चुनावम लड्ने अनि मेयर निर्वाचित भए भने पार्टीको राजनीति छाड्छु भन्ने उनको भनाईले कस्तो सन्देश देला ?’ । यो केवल जनतालाई भ्रम छर्ने प्रपञ्च भन्दा केही होइन भन्ने आम मतदाताले बुझ्न जरुरी रहेको मेयर उम्मेद्वार दाहालको थियो ।
`हामीलाई नक्कली कुरा गर्नु छैन´ दाहालले भनिन्, ‘जनताको सेवक भएर काम गर्छौँ, नक्कली व्यवहार देखाउँदैनौँ, जे बोल्छौँ, त्यो गर्छौँ । जनताको सेवक हुन पाउनु गर्वको कुरा हो । ’

प्रमुख पदका उम्मेद्वार दाहालले वितेको पाँच वर्षमा महानगरले गरेका मुख्यमुख्य उपलब्धीका विषयमा जानकारी दिँदै आगामी कार्यकालमा अझै अविस्मरणीय हुने गरि काम गरेर देखाउने प्रतिवद्धता गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट