खैरहनीमा गठबन्धनको घरदैलो अभियान

खैरहनी, २० वैशाख । खैरहनी नगरपालिका वडा नम्बर- ४ मा गठबन्धनका उमेदवारहरुले मंगलबार घरदैलो गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवालसहितका उम्मेदवारहरुले घरदैलो गरी मत मागेका हुन् । गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बहादुर गुरुङ , […]

बुढा–पाकालाई ढोग्नु नौटङ्की – रेनु दाहाल

भरतपुर, २० वैशाख । पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिपकाको प्रमुख (मेयर) पदका उम्मेद्वार रेनु दाहालले भरतपुरमा प्रतिगामी तत्वहरुको नौटङ्की शुरु भएको बताएकी छिन् । भरतपुर महानगरपालिका- २४ मा आयोजना भएको ५ दलीय संयुक्त गठबन्धको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् । उनले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजय सुवेदीले बीपी कोइरालाको शालिकमा […]

नरभक्षी बाघ नियन्त्रणमा

खैरहनी, २० वैशाख । खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान डाट गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले जानकारी दिए । गत आइतबार बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो । बाघले […]

भरतपुर गठबन्धनको प्रतिबद्धता : तीन ठाउँमा आकासे पुलदेखि किसानलाई पेन्सनसम्म

भरतपुर, २० वैशाख । आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको गठबन्धन दलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि गठबन्धनको तर्फबाट भरतपुर महानगर मेयरकी उम्मेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘बिगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार ! वर्तमान गठबन्धन समृद्द भरतपुरको योजनाकार’ भन्ने […]

मतदातालाई ढाँट्ने काम नगरौँ

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर पदमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेनु दाहाल आसन्न निर्वाचनमा पनि मेयरकै उम्मेदवार छिन् । बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको रुपमा रहेकी दाहालले अहिले पनि मेयरमा जित्ने दाबी गरेकी छिन् । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका पुराना नेता एवं पूर्वसांसद जगन्नाथ थपलियाले मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिएको कारण दाहालको […]

…अनि हरिवंशले किने फर्सीको बियाँ

रत्ननगर, २० वैशाख । रत्ननगरमा मंगलबारदेखि सञ्चालनमा आएको सेभ सुपरमार्केटबाट कलाकार हरिवंश आचार्यले फर्सीको बियाँ, जुनेलोसहित नेपाली उत्पादनहरू खरिद गरेका छन् । रत्ननगर नगरपालिका-१ बकुलहरमा संचालनमा आएको सेभ सुपरमार्केटको उद्घाटन गर्न कलाकार आचार्य मंगलबार बिहान चितवन आएका थिए । सौराहा भेञ्चर्स प्रालिले संचालनमा ल्याएको सेभ सुपरमार्केटको उद्घाटन गर्दै कलाकार आचार्यले टाँडी बजारमा यो किसिमको सपिङ […]

पत्रकारको सुरक्षामा जोड दिँदै शान्ति समाजले मनायो प्रेस स्वतन्त्रता दिवस

बुटवल, २० वैशाख । मानव अधिकार तथा शान्ति समाजले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ । बुटबलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सुरक्षित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा दलित पत्रकार […]

चुनावको मुखमा भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो । अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले […]

बिहे गरेको एक सातामै किन लोग्ने छाडेर अमेरिका पुगिन् केकी अधिकारी ?

काठमाडौँ, २० वैशाख । गएको साता बिहीबार व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी अभिनेत्री केकी अधिकारी बिहे गरेको एक सातामै लोग्ने छाडेर अमेरिका उडेकी छिन् । तीन साताको लागि अमेरिका उडेकी केकीको साथमा उनका लोग्ने रोहित त छैनन् तर अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा भने छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी […]

प्रचण्डको छोरी भएर मैले लाभ लिएकी छैन, जनता र राष्ट्रको लागि योगदान मात्रै दिएको छु: रेणु दाहाल (अन्तर्वार्ता)

२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेणु दाहाल आसन्न निर्वाचनमा पनि मेयरका लागि मैदानमा छिन् । सत्तारुढ गठबन्धनको उम्मेदवारको रूपमा रहेकी दाहालले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणका कामले जनताको मन जितेको बताउँदै अहिले पनि आफूले जित्ने दाबी गर्दै आएकी छिन् । प्रस्तुत छ, दाहालसँग  कायाकैरनले  गरेको कुराकानी : स्थानीय […]

बुद्ध जयन्तीमा मोदी नेपाल आउँदै

काठमाडौँ, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । भारतीय प्रधानमन्त्रीको […]

इद पर्वले नेपाली संस्कृतिलाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा इद (इदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि […]