पत्रकारको सुरक्षामा जोड दिँदै शान्ति समाजले मनायो प्रेस स्वतन्त्रता दिवस

बुटवल, २० वैशाख ।
मानव अधिकार तथा शान्ति समाजले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।

बुटबलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सुरक्षित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, शान्ति समाजका केन्द्रीय सचिव एवं पत्रकार मीना ढकाल, रुपन्देही शाखा सभापति डिपी खनालले मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट