नरभक्षी बाघ नियन्त्रणमा

खैरहनी, २० वैशाख ।
खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान डाट गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले जानकारी दिए ।

गत आइतबार बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो । बाघले थप क्षति नगरोस् भनेर स्थानीयको माग बमोजिम नियन्त्रणमा लिइएको आर्चायले बताए । बाघ नियन्त्रणकाका लागि दुईदिन यता प्रयास थालिएपनि आज मात्रै सफल भएको उनले बताए ।

बाघलाई अहिले खोरमा राखिएको छ । ‘नियन्त्रणमा लिइएको बाघलाई अहिले गाडीमा बोकेर हिँड्न मिल्ने खाले खोरमा राखिएको छ, उस्को बानीव्यवहार हेरर एकदुई दिनमा निकुञ्जको कोर एरियामा ठाउँ परिवर्तन गरेर छाडिनेछ ’ उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट