सलिना महर्जनले पाइन् मिस नेवाःको उपाधि

काठमाडौँ, १९ वैशाख ।
नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस नेवाःको फाइनलमा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना महर्जनले उपाधि हात पारेकी छिन् । उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् ।

सलिनाले मुख्य उपाधिको साथमा नगद एक लाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत नियुक्त भएकी छन् ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी थिए ।

एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक रहेको प्रतियोगितामा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट