विश्वासकाे मत जित्नेमा ढुक्क छु : रेनु दाहाल

भरतपुर, १९ वैशाख । आशन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धनकाे तर्फबाट भरतपुर महानगरकाे प्रमुख पदका उम्मेदवार रेनु दाहालले राजनीति नै आफ्नाे विश्वविद्यालय भएकाे बताएकी छिन् । भरतपुर महानगरका मारवाडी समुदायसँगकाे अन्तरक्रियाका क्रममा उनले राजनीतिमा निरन्तरताले नै आफ्नाे काम गर्ने तरिकामा निखार आएकाे बताईन् । ‘मैले औपचारिक शिक्षाकाे लागि विश्वविद्यालय त टेकिन, पठनपाठनकाे हिसावले पक्कै पछि छु´ […]
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

भरतपुर, १९ वैशाख । गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी सोमबार साँझ तीन जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर गएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल […]
एमाले गैँडाकोटको प्रतिबद्धता : निःशुल्क उपचार

गैँडाकोट, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले गैँडाकोट नगर कमिटीले सोमबार स्थानीय निर्वाचन २०७९ को लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समृद्धि, समानता र समाजवादको आधार गैँडाकोट नगरपालिकामा एमालेको सरकार’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा विगतको ५ वर्षमा एमालेको नेतृत्वले गरेका मुख्य कामहरु सहित थप योजना सार्वजनिक गरिएको छ । विगतको अनुभव र वर्तमानको […]
कलाकार हरिवंश आचार्यले सेभ सुपरमार्केटको उद्घाटन गर्ने

रत्ननगर, १९ वैशाख । रत्ननगरमा नयाँ सुपरमार्केट सञ्चालनमा आउने भएको छ । रत्ननगर नगरपालिका-०१ बकुलहरस्थित सेभ सुपरमार्केट मंगलबारदेखि संचालनमा आउने भएको हो । सौराह भेञ्चर्स प्रा.लि.ले एक पत्रकार सम्मेलनको आयोजना गरी सेभ सुपरमार्केटबारे जानकारी दिएको हो । सौराहा भेन्चरस् प्रालिले संचालन गरेको सुपरमार्केटको वरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बकुलहरस्थित पुरानो […]
सलिना महर्जनले पाइन् मिस नेवाःको उपाधि

काठमाडौँ, १९ वैशाख । नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस नेवाःको फाइनलमा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना महर्जनले उपाधि हात पारेकी छिन् । उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् । सलिनाले मुख्य उपाधिको साथमा नगद एक लाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत नियुक्त भएकी […]
अहिलेको प्राथमिकता स्थानीय तहको निर्वाचनः प्रहरी महानिरीक्षक

काठमाडौँ, १९ वैशाख । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उनलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता […]
कास्कीमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु

पोखरा, १९ वैशाख । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । प्रहरीका अनुसार सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको […]
कति जिल्लामा पुग्यो मतपत्र ?

भरतपुर, १९ वैशाख । स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको हो। १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै मतपत्र पठाइने आयोगको जनाएको छ । आयोगका अनुसार वैशाख १७ गतेसम्म ४९ जिल्लाका लागि ९१ […]