कलाकार हरिवंश आचार्यले सेभ सुपरमार्केटको उद्घाटन गर्ने

रत्ननगर, १९ वैशाख ।
रत्ननगरमा नयाँ सुपरमार्केट सञ्चालनमा आउने भएको छ । रत्ननगर नगरपालिका-०१ बकुलहरस्थित सेभ सुपरमार्केट मंगलबारदेखि संचालनमा आउने भएको हो । सौराह भेञ्चर्स प्रा.लि.ले एक पत्रकार सम्मेलनको आयोजना गरी सेभ सुपरमार्केटबारे जानकारी दिएको हो ।

सौराहा भेन्चरस् प्रालिले संचालन गरेको सुपरमार्केटको वरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बकुलहरस्थित पुरानो ज्योति हल भएको स्थानमा बनाइएको सुपरमार्केटमा सौराहाका १८ जना व्यवसायीको १६ करोड रुपैयाँ लगानी रहेको प्रालिका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । एउटै छानामुनि सस्तो र सुपथ मूल्यमा खाद्यान्नदेखि लत्ताकपडा हुँदै किचन र घरमा चाहिने सबै प्रकारका सामान पाईने अध्यक्ष भट्टराईले बताए ।

यो मार्केट सञ्चालनमा आएपछि उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान पाउने कार्यकारी अधिकृत दिनेश घिमिरेले बताए । `हामीले सबै वर्ग र तहका ग्राहकलाई लक्षित गरेर सुपरमार्केट सञ्चालनमा ल्याएका छौँ । हरेक हप्ता फरक फरक सामानमा अफर लगाउने छौं । लिफलेट हेरेर ग्राहकहरुले सामान लिन पाउने छन् । यसको प्रत्यक्ष फाइदा ग्राहकलाई हुनेछ´ घिमिरेले जानकारी दिए ।

तीन तले सुपरमार्केटको पहिलो तलामा खाद्यान्नलगायत ग्रोसरी, दोस्रो तलामा कपडा, ईलेक्ट्रिक र किचनमा प्रयोग हुने सबै प्रकारका भाँडाकुँडा रहेको छ । तेस्रो तलामा मनोरञ्जनको लागि सुविधासम्पन्न स्केट पार्क रहने छ ।

सो मार्केटको तेस्रो तलामा छिट्टै सुविधासम्पन्न चलचित्र हल समेत सञ्चालन गर्ने योजना रहेको संचालक सुमन घिमिरेले बताए । सुपरमार्केट बिहान ७ बजेबाट राती ९ बजे सम्म सञ्चलन हुने पनि घिमिरेले बताए । यसले ग्राहक वर्गलाई आफ्नो अनुकूलता अनुसार सामान लिन सहज हुने घिमिरेको भनाई छ ।

सुपरमार्केट सञ्चालनसँगै पूर्वी चितवनबाट दैनिक उपभोग्य वस्तुहरु खरिदका लागि यात्रा गरेर भरतपुर जानु पर्ने बाध्यता हटेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट