राप्ती जेसिजको मातातीर्थ औँशी गलेश्वर आश्रममा

राप्ती, १८ वैशाख ।
राप्ती जेसिजले मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन फरक तरिकाले मनाएको छ । राप्ती नगरको सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको जेसिजले मातातीर्थ औँशी गलेश्वर आश्रममा मनाएको छ ।

देवघाटस्थित गलेश्वर आश्रमा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर राप्ती जेसिजले मातातीर्थ औँशी मनाएको हो । खाना खुवाउने कार्यक्रममा नारायणगढ जेसिजका अध्यक्ष अमृत श्रेष्ठ, प्रस्तावित गैँडाकोटधाम जेसिजको अध्यक्ष विकास सापकोटालगायत राप्ती जेसिज परिवारको उपस्थिति रहेको थियो ।

यसरी नै सामाजिक सेवामा सधैँ अगाडि बढ्ने राप्ती जेसिज अध्यक्ष बिन्दु सिंजाली मगरले बताइन् । “यति ठूलो चाडमा आफ्ना नानीबाबु आफ्नो साथ नहुँदा कति पीडा हुन्छ होला ।” उनले भनिन् “त्यही पिडालाई केही हदसम्म कम गराउन मात्र भएपनि हामीहरुले कार्यक्रमको आयोजना गरेका हौँ । “

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट