२०७९ वैशाख १९ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
भरतपुरको मेयर र उपमेयरका स्वतन्त्र उम्मेद्वार योगलाल र पवित्राको प्रतिबद्धता: फोहोर रहित शहर बनाउँछौ

भरतपुर,१८ वैशाख । भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगलाल श्रेष्ठ र पवित्रा जोशीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन ।श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका । निर्वाचन आयोगले शनिबार निर्वाचन चिन्ह खानेपानीको धारा प्रदान गरेपछि आज पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । आफुहरुले जितेको खण्डमा भरतपुरलाई […]
राप्ती जेसिजको मातातीर्थ औँशी गलेश्वर आश्रममा

राप्ती, १८ वैशाख । राप्ती जेसिजले मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन फरक तरिकाले मनाएको छ । राप्ती नगरको सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको जेसिजले मातातीर्थ औँशी गलेश्वर आश्रममा मनाएको छ । देवघाटस्थित गलेश्वर आश्रमा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर राप्ती जेसिजले मातातीर्थ औँशी मनाएको हो । खाना खुवाउने कार्यक्रममा नारायणगढ जेसिजका अध्यक्ष अमृत […]
राप्तीमा गठबन्धनको चुनावी प्रचार सुरु

राप्ती, १८ वैशाख । राप्ती नगरपालिकामा गठबन्धनले चुनावी प्रचार सुरु गरेको छ । राप्ती २ गड्यौलीमा निर्वाचन कार्यालय उद्घाटनसँगै घरदैलो कार्यक्रम सुरु गरिएको छ । आइतबार गठबन्धनले राप्ती-२ का विभिन्न गाउँ र टोलहरुमा घरदैलो कार्यक्रम गरेको छ । अन्य पालिकामा जस्तै राप्तीमा पनि नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादीको) गठबन्धन रहेको छ […]
राप्तीको १३ वटै वडामा एमालेको घरदैलो सुरु

राप्ती, १८ वैशाख । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले आजबाट १३ वटै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती-१ मा जेष्ठ नागरिकसँग आशीर्वाद लिँदै घरदैलो कार्यक्रम सुरु गरिएको हो । आईतबारबाट सुरु भएको घरदैलो कार्यक्रम वैशाख २७ गते सम्म हुने एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्णबहादुर थापाले बताए । नेकपा एमालेको […]
नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौँ, १८ वैशाख । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो । आइतबार बिहान […]
जगन्नाथको जित

देश स्थानीय निर्वाचनमय बनेको छ । उम्मेदवारको मनोनयन दर्ता, दाबीविरोध, उम्मेदवारी फिर्तासँगै उम्मेदवारलाई निर्वाचन चिह्न दिने काम सकिएको छ । यतिबेला स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बनेकाहरु मत माग्न व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा यसपटक पनि चितवनको भरतपुर सबैको चासोको केन्द्र बन्न पुगेको छ । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी […]
अनियमित विद्युत् आपूर्तिले उद्योग समस्यामा

रुपन्देही, १८ वैशाख । अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो । करिब एक […]
सुनको मूल्य तोलाको ९९ हजार

काठमाडौँ, १८ वैशाख । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ बैशाख । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र […]
श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

सुशीला रेग्मी रामपुर, १८ वैशाख । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ । दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, […]
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भरतपुर-१८ वैशाख । बाघको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ बैरिया बस्ने नारायण दहालको ज्यान गएको हो । आइतबार बिहान ८ बजे स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न गएको बेलामा दाहाल बाघको आक्रमणमा परेका थिए । उनलाई बाघले आक्रमण गरेको खबर प्राप्त हुनासाथ प्रहरी […]