राप्तीमा गठबन्धनको चुनावी प्रचार सुरु

राप्ती, १८ वैशाख ।
राप्ती नगरपालिकामा गठबन्धनले चुनावी प्रचार सुरु गरेको छ । राप्ती २ गड्यौलीमा निर्वाचन कार्यालय उद्घाटनसँगै घरदैलो कार्यक्रम सुरु गरिएको छ । आइतबार गठबन्धनले राप्ती-२ का विभिन्न गाउँ र टोलहरुमा घरदैलो कार्यक्रम गरेको छ ।

अन्य पालिकामा जस्तै राप्तीमा पनि नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादीको) गठबन्धन रहेको छ । राप्तीको मेयर पदमा समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार शमशेर लामा रहेका छन् भने उपमेयरमा नेपाली काँग्रेसबाट देवेन्द्र लामा रहेका छन् ।

गठबन्धनबाट चयन भएका वडा अध्यक्ष, वडा सदस्यका उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम गरिएको छ । सबै वडामा गठबन्धन भएको छैन । ती वडाहरुमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

बैशाख २६ गते भण्डारा चोकमा चुनावी सभा गरेर कार्यक्रमको समापन गरिने नेकपा एस जिल्ला कमिटी सचिवालय सदस्य राम सेढाईले बताए । सोमबार राप्ती-३ मा घरदैलो कार्यक्रम गरिने पनि उनले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट