चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर-१८ वैशाख ।
बाघको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ बैरिया बस्ने नारायण दहालको ज्यान गएको हो ।

आइतबार बिहान ८ बजे स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न गएको बेलामा दाहाल बाघको आक्रमणमा परेका थिए । उनलाई बाघले आक्रमण गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुमरोज र इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरिक्षकको कमान्डमा टोली खटिई, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्ती सहितको टोलीले जङ्गलभित्र खोजतलास गर्दा, आक्रमण गरेको स्थानभन्दा एक किलोमिटरभित्र दाहालको दाहिने खुट्टाको तिघ्रा खाएको अवस्थामा मृत फेला पारेको थियो । बाघले पहिला घाँटीमा आक्रमण गरेको र तिघ्रा खाएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

अहिले दाहालको शवको मुचुल्का उठाउने र जाँच्ने काम भैरहेको छ । उनको शव बिहान १० बजे फेला पारिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट