भरतपुर,१८ वैशाख ।
भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगलाल श्रेष्ठ र पवित्रा जोशीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन ।श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका । निर्वाचन आयोगले शनिबार निर्वाचन चिन्ह खानेपानीको धारा प्रदान गरेपछि आज पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
आफुहरुले जितेको खण्डमा भरतपुरलाई फोहोर रहित शहरको रुपमा विकास गर्ने योजना रहेको मेयर पदका पत्यासी श्रेष्ठले जानकारी गराए । १२ कक्षासम्म निशुल्क शिक्षा लागू गर्ने , बृद्दाबृद्दा आमाबुबालाई बृद्धआ छोड्ने छोराछोरीलाई दण्डित गराइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
५० वर्षभन्दा माथिका आमाबुबा र परिवारका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक उपचार र हेरचाह गराइने र वृद्धवृद्धा आमाबुबामैत्री मनोरञ्जन पार्कको व्यवस्थापन गरिने पनि उल्लेख गरिएको छ । महिला दिदीबहिनीहरूलाई घरमै बसी बसी आयमुलक कार्यक्रम गर्ने व्यवस्था गराइने जोशी प्रतिबद्दता जाहेर गर्छिन ।
उपमेयर पदमा उम्मेदवारी दिएकी जोशीले आफ्नो उम्मेदवारी ठुला भनिएका दलहरुले गरिएको नातावाद , कृपावाद विदेशवाद विरुद्धको विषय उठान साथै स्वधर्म सस्कृती र राष्ट्रिय सस्कृतिको संरक्षणको लागि रहेको बताइन् । उनले भनिन,विदेशी धर्म सस्कृती र पार्टीको अनैतिक अधार्मिक आशुरी प्रवृतिको विरुद्धमा स्वधर्म सस्कृती र पृथ्वी पथको स्थपनाको लागि हाम्रो उम्मेदवारी होु उनले थपिन ।
यसैबीच स्वतन्त्र उम्मेदवारद्धयले आजबाट घर दैलो अभियान पनि सुरु गरेका छन् । शनिबार चुनाव चिन्ह पाएसँगै आजबाट घरदैलो अभियान सुरु गरिएको हो । भरतपुरको २९ वटै वडामा घरदैलो कार्यक्रम गरिने मेयर पदका उम्मेदवार श्रेष्ठले बताए ।





