भरतपुर महानगरपालिकामा १८२ जनाको उम्मेद्वारी फिर्ता

भरतपुर, १७ वैशाख ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भरतपुर महानगरपालिकामा १८२ जना उम्मेद्वारहरूले आफ्नो मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगले वैशाख १६ गतेलाई मनोनयन फिर्ता लिने अन्तिम दिनका रूपमा तोकेको थियो ।

भरतपुर महानगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदका तीन.तीन जना उम्मेद्वारले आफ्नो मनोनयनपत्र फिर्ता लिएका छन् । नगर प्रमुख पदमा मनोनयनपत्र फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाका भक्तिराम शर्मा गौतम तथा दुई स्वतन्त्र उम्मेद्वार दुर्गा प्रसाद शर्मा र रुद्र प्रसाद सापकोटा रहेका छन् ।

सत्ता गठबन्धनको वागीका रूपमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस नेता जगन्नाथ पौडेलको उम्मेद्वारी भने कायमै रहेको छ । प्रधानमन्त्री शेर बहादुरले पौडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाँडलाई चितवन पठाएका थिए । तथापि पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नलिने अडानलाई कायम राखेका हुन् ।

यस्तै, २८ वडा अध्यक्ष, ७९ सदस्य, ३८ महिला सदस्य र ३१ दलित महिला सदस्यले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार अब महानगरपालिकामा नगर प्रमुखको पदमा २७ जना तथा उपप्रमुख पदमा १० जना उम्मेद्वारीबीच प्रतिस्पर्धा हुनेछ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट