साहित्यकार रामदेव पाण्डेलाई बालसाहित्य वनिता पुरस्कार

भरतपुर, १७ वैशाख । साहित्य र विशेष गरी बालसाहित्य सिर्जनामा सक्रिय साहित्यकार रामदेव पाण्डेलाई “देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार- २०७९” प्रदान गरिएको छ । पाण्डे साहित्यका अन्य विधासँगै बालसाहित्यमा खोजमूलक बालसिर्जना गर्ने विशिष्ट पहिचान बनाएका बालसाहित्यकार हुन् । ऐरावती प्रकाशन काठमाडौँका अध्यक्ष समेत रहेका पाण्डे कुरीति विरुद्ध मानववादी अभियानका अभियन्तासमेत हुन् । शनिबार काठमाडौँमा आयोजित […]
२०७९ वैशाख १८ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १७ वैशाख। ‘स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा आज गृह मन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । गोष्ठीमा भर्चुअल रुपमा प्रदेशगत प्रस्तुतीकरण गरिएको थियो । […]
गौ संरक्षण केन्द्रका संरक्षित स्थानीय जातका गाईलाई औषधी उपचार

भरतपुर,१७ वैशाख । चितवनको भरतपुर–१ वागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका स्थानीय जातका गाईहरुको उपचार तथा औषधि र भिटामिन वितरण गरिएको छ । शनिबार परेको विश्व भेटेरिनरी दिवस २०२२ को अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले वागीश्वरीमा संरक्षित स्थानीय जातका गाईहरुको औषधि उपचारका साथै भिटामीन वितरण गरिएको हो । भेटेरिनरी अस्पतालका […]
बाघको आक्रमणबाट माहुतेको मृत्यु

भरतपुर,१७ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । बाघको आक्रमणबाट निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत माहुते बाराको कोल्बी नगरपालिका १ का २३ वर्षीय रमेश चौधरी थारुको मृत्यु भएको हो । उनलाई शुक्रबार साँझ हात्तीसार केन्द्रमा नै बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । बाघको आक्रमणबाट उनको […]
गर्भवतीलाई मासिक एकहजार रुपैयाँ भत्ता : विजय सुवेदी

भरतपुर, १७ वैशाख । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा आफू निर्वाचित भए गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । नेकपा (एमाले) भरतपुर–१२ ले आज आयोजना गरेको चुनावी कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार सुवेदीले गर्भवतीको पोषणका लागि भत्ता दिइने घोषणा गरेका हुन् । आमाहरुको स्वास्थ्य राम्रो हुन […]
देशभर १ लाख ५३ हजार २७३ उम्मेदवार चुनावी मैदानमा

भरतपुर, १७ वैशाख । स्थानीय तह चुनावका लागि मनाेनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आएकाे छ । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहमा १ लाख ५३ हजार २७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मेयरमा ३५१७, उपमेयरमा २१७६, अध्यक्षमा ३३९२, उपाध्यक्षमा २४१०, वडा अध्यक्षमा ३५४१९, महिला सदस्यमा २६५७८, दलित महिला सदस्यमा २३९७२ र सदस्यमा […]
विमल फार्मेसीले गरेको रक्तदान कार्यक्रममा २८ जनाले दिए रगत

भरतपुर, १७ वैशाख । विमल फार्मेसीको आयोजनामा भरतपुरमा रक्तदान गरिएको छ । `रक्तदान जीवनदान रक्तदान महादान, रगत दिऔँ जीवन बचाऔँ´ भन्ने नारा सहित फार्मेसीले आयोजना गरेको रक्तदान कार्यक्रममा कुल २८ जनाले रक्तदान गरे । सामाजिक सेवाका अभियानकर्मी मुरलीप्रसाद गजुरेलले पहिलो रक्तदाताको रूपमा रक्तदान गरेर कार्यक्रम सुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री […]
भरतपुर मेयरका उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह ‘भुइँकटहर’

भरतपुर, १७ वैशाख । भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चुनाव चिन्ह वितरण गरेको हो । मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर […]
भरतपुर महानगरपालिकामा १८२ जनाको उम्मेद्वारी फिर्ता

भरतपुर, १७ वैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भरतपुर महानगरपालिकामा १८२ जना उम्मेद्वारहरूले आफ्नो मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगले वैशाख १६ गतेलाई मनोनयन फिर्ता लिने अन्तिम दिनका रूपमा तोकेको थियो । भरतपुर महानगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदका तीन.तीन जना उम्मेद्वारले आफ्नो मनोनयनपत्र फिर्ता लिएका छन् । नगर प्रमुख पदमा मनोनयनपत्र फिर्ता […]
आज आमाको मुख हेर्ने पर्व
भरतपुर, १७ वैशाख । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने […]