भरतपुर,१७ वैशाख।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट माहुतेको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत माहुते बाराको कोल्बी नगरपालिका १ का २३ वर्षीय रमेश चौधरी थारुको मृत्यु भएको हो ।
उनलाई शुक्रबार साँझ हात्तीसार केन्द्रमा नै बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । बाघको आक्रमणबाट उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँटी र शरीरमा चोट लागेको अवस्थामा घटनास्थलमा नै उनको शअ फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याईएको छ।





