महानगरबासीको कामकारबाहीमा लापरबाही हुन दिन्न : पौडेल

भरतपुर, १६ वैशाख ।
भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले महानगरवासीको काम तत्कालै नगर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बागी उम्मेदवारीमा अन्तिम समयसम्म अडान राखेपछी आजै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महानगरबासीको कामकारबाहीमा लापरबाही हुन नदिने प्रतिबद्धता जनाए । `महानगरबासीले नगरपालिकामा गएर आफ्नो काम आजको भोलि भोलिको पर्सी भयो भन्ने गुनासो गरे ठाउँको ठाउँ कर्मचारीलाई कारबाही हुन्छ ।´

उनले महानगरले लगाएका कतिपय कर अवैज्ञानिक रहेको बताउँदै त्यसलाई हटाउने समेत बताए । महानगरमा भ्रष्टचार विरोधी अभियान थाल्ने समेत पौडेलले बताए । ‘भ्रष्टचार गर्नेलाई ठाउँको ठाउँ फौजदारी मुद्दा लगाएर कारबाही गर्छु, स्रोतसाधनको अधिकतम प्रयोग गरेर अन्य नगरपालिकाले १० वर्षमा गर्ने काम मैले ५ वर्षमै गर्छु’ पौडेलले भने ।
केन्द्रको चर्को दबाबका बीच उम्मेदवारी फिर्ता नगरेको बताउँदै उनले भोलिबाटै चुनावी प्रचारप्रसारको लागि मैदानमा उत्रने समेत बताएका छन् । `मेरो उम्मेदवारी भरतपुरबासीका लागि हो । उहाँहरू पनि उत्साहीत हुनुहुन्छ, चुनाव चिन्ह लिएर भोलिदेखि प्रचारप्रसारमा लागिन्छ।’ पौडेलले पत्रकार सम्मेलनमा बोल्दै भने ।

भरतपुरको मेयरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाललाई दोस्रोपटक पनि टिकट दिएपछी काँग्रेसभित्रका असन्तुष्ट समुहले पौडेललाई बागी उम्मेदवारको रुपमा उठाएको थियो । उनको उम्मेदवारी फिर्ता लिनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले चर्को दबाब दिएका थिए ।

यता पार्टी सभापति देउवाको निर्देशनमा भरतपुर आएका गृहमन्त्री बालकृष्ण खाँणले तीन दिनसम्म पौडेलको उम्मेदवारी फिर्ता गराउन कसरत गरेका थिए । तर उनको प्रयास पनि अन्तत: विफल बनेको छ । पौडेलले आफ्नो अडान कायम राख्दै आफ्नो उम्मेदवारी काँग्रेस जोगाउने अभियान भएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट