महानगरबासीको कामकारबाहीमा लापरबाही हुन दिन्न : पौडेल

भरतपुर, १६ वैशाख । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले महानगरवासीको काम तत्कालै नगर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बागी उम्मेदवारीमा अन्तिम समयसम्म अडान राखेपछी आजै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महानगरबासीको कामकारबाहीमा लापरबाही हुन नदिने प्रतिबद्धता जनाए । `महानगरबासीले नगरपालिकामा गएर आफ्नो काम आजको भोलि भोलिको पर्सी भयो […]
नेपाल टेलिकम वर्कर्सको अध्यक्षमा अधिकारी

भरतपुर, १६ वैशाख । नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् । नेपाल टेलिकम भरतपुरको वर्कर्स इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्य रहेको नयाँ समिति निर्विरोध चयन गरेको हो । अधिवेशनले सचिवमा लीला कँडेल पौडेल र कोषाध्यक्षमा गंगाप्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदीले जानकारी दिए । नवनिर्वाचित […]
हेटौँडामा बर्डफ्लु : तीन हजार ४५३ कुखुरा नष्ट

हेटौँडा, १६ वैशाख । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएपछि शुक्रबार त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, […]
भरतपुर मेयरका बागी उम्मेदवार पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

भरतपुर, १६ वैशाख । भरतपुर महानगरको मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले समयसीमा सकिँदासम्म पनि आफ्नो मनोनयन फिर्ता लिएनन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेयरबहादुर देउवासहितका नेताहरूको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समयसीमा सकिँदा पनि मनोनयन फिर्ता लिएनन् । उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री बालकृष्ण खाँण, […]
निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

भरतपुर,१६ वैशाख । हिमालय आयुर्वेद क्लिनिकद्वारा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । रत्ननगर नगरपालिका(१० स्थित श्री कृष्ण मन्दिर टिकौलीमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । हिमालय आयुर्वेद क्लिनिकका डा. अशोक कुमार महतोका अनुसार पेट सम्बन्धी रोगहरु एवंम मलद्वार सम्बन्धि रोगहरुको समुदाय स्तरमै गएर जनचेतना जागरण एवंम उपचार गरिएको हो । निशुल्क […]
उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्नू : आयोग

भरतपुर, १६ वैशाख । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरूलाई उम्मेदवारी फिर्ता गराउन धाकधम्की, डर, प्रलोभन देआउने लगायतका हर्कत नगर्न राजनीतिक दल, तिनका भातृ संगठन र सरोकारवालाहरूलाई चेतावनी दिएको छ । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुली लगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती […]
भरतपुरका बागी उम्मेदवार पौडेलको अडान कायमै, फकाउन आएका खाँण काठमाडौं फर्किए

भरतपुर, १६ वैशाख । गठबन्धनको निर्णयबाट असन्तुष्ट भएका भरतपुरका काँग्रेसलाई फकाउन आएका गृहमन्त्री बालकृष्ण खाँण तीन दिनको बसाइपछि आज काठमाडौं फर्किएका छन । भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार चितवन आएका खाँण रित्तो हात काठमाडौं फर्केका हुन् । बागी उम्मेदवारी दिएका पौडेलले आफू धेरै […]
विजय सामुदायिक शिक्षा सदनको परीक्षाफल सार्वजनिक

गैँडाकोट, १६ वैशाख । गैँडाकोट नगरपालिका–५ मा रहेको विजय सामुदायिक शिक्षा सदनले शुक्रबार वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ । वार्षिक परीक्षाफल सार्वजनिक कार्यक्रममा विभिन्न कक्षाका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालय संचालक समितिका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परमेश आचार्य, निवर्तमान अध्यक्ष टीकाराम कँडेल, सदस्य हरिबहादुर […]
गैंडाकोटमा निर्वाचन सचेतता र्याली

गैँडाकोट, १६ वैशाख । स्थानीय तह निर्वाचन निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न होस् भन्ने उद्देश्यले शुक्रबार गैँडाकोटमा निर्वाचन सचेतना र्याली निकालिएको छ । विजय विकास स्रोत केन्द्रको आयोजनामा निकालिएको र्याली कालिकाचोकबाट सुरु भई नगरपालिका परिसरमा पुगेर टुंगिएको थियो । र्याली समापन कार्यक्रममा बोल्दै निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटकी निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले निर्वाचन आचारसंहिता पालना गर्नमा जोड […]
बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निस्कासित हुने

भरतपुर, १६ वैशाख । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निस्कासित हुने बताएको छ । यदि बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ […]
भरतपुरमा बागी मिलाउन गएका गृहमन्त्री खाण आयोगको ‘नोटिस’मा

भरतपुर, १६ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकामा मेयरमा उठेका बागी उम्मेदवार मिलाउन प्रयास गरेको विषयलाई निर्वाचन आयोगले नोटिस गरेको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनलाई फकाउन मन्त्री खाँण बुधबार चितवन आएका थिए । सार्वजनिक पदमा रहेको व्यक्ति उम्मेदवार विवाद मिलाउन पुग्नु आचारसंहिता विपरीत हुने […]