भरतपुर,१६ वैशाख ।
हिमालय आयुर्वेद क्लिनिकद्वारा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । रत्ननगर नगरपालिका(१० स्थित श्री कृष्ण मन्दिर टिकौलीमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
हिमालय आयुर्वेद क्लिनिकका डा. अशोक कुमार महतोका अनुसार पेट सम्बन्धी रोगहरु एवंम मलद्वार सम्बन्धि रोगहरुको समुदाय स्तरमै गएर जनचेतना जागरण एवंम उपचार गरिएको हो ।

निशुल्क स्वास्थ्य शिविरमा १३८ जनाको स्वास्थ्य जाच गरिएको डा. महतोले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जाचको क्रममा १२ जनाको मलद्वार सम्बन्धि रोगको जटिल अवस्था देखिएको छ भने अन्यको सामान्य स्वास्थ्य अवस्था रहेको छ । कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समितिको जिल्ला कार्यसमिति चितवनको समन्वयमा सम्पन्न भएको हो ।






