विजय सामुदायिक शिक्षा सदनको परीक्षाफल सार्वजनिक

गैँडाकोट, १६ वैशाख ।
गैँडाकोट नगरपालिका–५ मा रहेको विजय सामुदायिक शिक्षा सदनले शुक्रबार वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ ।

वार्षिक परीक्षाफल सार्वजनिक कार्यक्रममा विभिन्न कक्षाका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परमेश आचार्य, निवर्तमान अध्यक्ष टीकाराम कँडेल, सदस्य हरिबहादुर कुँवर, शिक्षक तथा अभिभावक संघका अध्यक्ष प्रेमप्रसाद सापकोटाले बोलेका थिए ।

विद्यालयकी प्राचार्य रेखा श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्दै परीक्षाफलको समीक्षा गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट