नेपाल टेलिकम वर्कर्सको अध्यक्षमा अधिकारी

भरतपुर, १६ वैशाख ।
नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् । नेपाल टेलिकम भरतपुरको वर्कर्स इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्य रहेको नयाँ समिति निर्विरोध चयन गरेको हो ।

अधिवेशनले सचिवमा लीला कँडेल पौडेल र कोषाध्यक्षमा गंगाप्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष अधिकारीले जनताको सेवासँगै कर्मचारीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जनताको सेवाका लागि सधैँ तत्पर रहने गरी काम गर्न आग्रह गरे । कार्यक्रम ईकाई अध्यक्ष शर्मिला खनाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट