भरतपुरका बागी उम्मेदवार पौडेलको अडान कायमै, फकाउन आएका खाँण काठमाडौं फर्किए

भरतपुर, १६ वैशाख ।
गठबन्धनको निर्णयबाट असन्तुष्ट भएका भरतपुरका काँग्रेसलाई फकाउन आएका गृहमन्त्री बालकृष्ण खाँण तीन दिनको बसाइपछि आज काठमाडौं फर्किएका छन ।

भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार चितवन आएका खाँण रित्तो हात काठमाडौं फर्केका हुन् ।

बागी उम्मेदवारी दिएका पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नलिने अडान खाँण समक्ष राखेका थिए ।
उनीसँगै अघिल्लो हप्ता चितवन आएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि काठमाडौं फर्किएका छन् ।
फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री खाँणले केन्द्रको निर्णय अनुसार काङ्ग्रेसका कार्यकर्ता चल्नुपर्ने बताए । उनले भने ‘तीन दिनको चितवन बसाइमा मैले धेरै साथीभाइसँग सल्लाह गरेँ । सबैको कुरा पनि सुनेँ । साथीभाइहरुलाई आग्रह पनि गरेँ । अब विवेक पुर्‍याउने काम भनेको उहाँहरुकै हो । सबै साथीहरुले समयावधिमै पार्टीको हितको लागि विवेक पुर्‍याउनु हुनेछ भन्ने मलाइ लागेको छ ।’

निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उमेद्वारहरुले आज साँझ ५ बजेसम्ममा आफ्नो उम्मेद्बारी फिर्ता लिन सक्ने समयसीमा तोकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट