पोखरामा कांग्रेस कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ

पोखरा, १५ वैशाख ।
पोखरामा कांग्रेसको पार्टी कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ परेका छन् ।

गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले अवरोध गर्दै कांग्रेसको कार्यालयमा तोडफोड गरेका थिए । लगत्तै उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् । अर्को पार्टीलाई प्रमुख छाडेको भन्दै असन्तुष्ट कार्यकर्ताले चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम नै बिथोलेका छन् ।

यसअघि नेताहरुलाई अरु पालिका र वडामा गठबन्धन नगर्ने निर्णय गर्न बाध्य पारेका कार्यकर्ताले महानगरका वडामा समेत माथिल्लो तहबाट भागवण्डा मिलाउन थालेपछि कांग्रेसका कार्यकर्ता तोडफोडमा उत्रेका हुन् ।

पोखराको ३३ वडामध्ये कांग्रेसले ३० वटा वडा लिएर ३ वटा माओवादीलाई दिने सहमति भएको छ। तर कांग्रेस कार्यकर्ताले त्यसलाई पनि अस्वीकार गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट