परीक्षा सकेर घर जाँदै गरेका विद्यार्थीलाई `मुना´

रत्ननगर, १५ वैशाख । चितवनका विद्यालयहरूमा यतिबेला वार्षिक परीक्षा चलिरहेको छ । कतिपय विद्यालयमा परीक्षा सकिइसकेको छ भने कतै सकिने तरखरमा छ । रत्ननगर नगरपालिका-१२ जिरौनास्थित पिस भिजन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि बिहीबार वार्षिक परीक्षा सकाएका छन् । अब नयाँ कक्षा सुरु नहुन्जेल सबै विद्यार्थीहरू खाली हुनेछन् । विद्यालयका शिक्षक बद्री खनालले परीक्षा सकेर […]

पोखरामा कांग्रेस कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ

पोखरा, १५ वैशाख । पोखरामा कांग्रेसको पार्टी कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ परेका छन् । गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले अवरोध गर्दै कांग्रेसको कार्यालयमा तोडफोड गरेका थिए । लगत्तै उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् । […]

रेनु दाहालको उम्मेदवारी फिर्ता गराउनुहोस् : जगन्नाथ पौडेल

भरतपुर, १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका छन् । आफूलाई फकाएर उम्मेदवारी फिर्ता गराउन आएका गृहमन्त्री बालकृष्ण खाँणलाई बागी उम्मेदवार पौडेलले यस्तो आग्रह गरेका हुन् । सत्तागठबन्धनले चितवनमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाललाई उम्मेदवार बनाएपछि आक्रोशित कांग्रेस […]

दूध बोक्ने ट्याङकरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

भरतपुर १५ वैशाख । अविरल यात्री भरतपुरमा बिहीबार दिउँसो ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहिवार दिउँसो १२ बजेको समयमा भरतपुर पदमपुर सडक खन्ड अन्तर्गत भरतपुर महानगरपालिका -११ स्थित शान्तिमार्गमा भोजाडबाट विशालचोक तर्फ आउदै गरेको बा. २ क ४५७५ नम्बरको दूध बोकेको ट्याङकरले सोही दिशाबाट आउदै गरेका साइकलयात्री बारा महागढीमाई नगरपालिका-५ का २० […]

नारायणगढको कमलनगरमा लागेको आगो नियन्त्रणमा लिन लाग्यो ६ घण्टा

भरतपुर, १५ वैशाख । नारायणगढको कमलनगरमा बुधबार राति सुरु भएको आगलागी बिहीबार बिहान मात्रै नियन्त्रणमा आएको छ । प्रत्यक्षदर्शीले बताएअनुसार आगलागी राति १२ बजेतिर सुरु भएको थियो । भरतपुर महानगरका दुई तथा खैरहनी र कावासोती नगरपालिकाका एक-एक वटा वारुणयन्त्रलाई आगो निभाउन करिब ६ घण्टाको समय लागेको थियो । स्थानीय र सुरक्षाकर्मी पनि उद्धारमा खटिएका थिए […]